५ जेष्ठ २०७८, बुधबार
गृह आर्मेनिया र अजरबैजान बिच चर्कियो द्वन्द्व
आर्मेनिया र अजरबैजान बिच चर्कियो द्वन्द्व

काठमाडौं । आर्मेनिया र अजरबैजार बिच द्धन्द चर्कियको छ । आर्मेनिया र अजरबैजानले शान्तिवार्ता गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानलाई लत्याउँदै युद्ध जारी राखेका छन्। । नागोर्नो–काराबाख क्षेत्रका लागि दुई मुलुकबीच भएको द्वन्द्व पूर्ण युद्धमा परिणत हुन लागेको छ ।
आआफ्नो सीमाबाट हातहतियार प्रहार गरेको भनी मंगलवार दुवै मुलुकले आरोपप्रत्यारोप गरे । यस द्वन्द्वले दक्षिणी ककेसस क्षेत्रको स्थिरताका विषयमा चिन्ता उत्पन्न गरेको छ । छ र यसमा टर्र्की र रुससमेत आमनेसामने हुने स्थिति बनेको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसको सरकारी टेलिभिजनसँग कुरा गर्दै वार्ताको सम्भावना पूरै नकारेका छन । आर्मेनियाका प्रधानमन्त्री निकाले पाशिन्यानले युद्ध चलिरहँदा सम्झौताको कुनै सम्भावना नरहेको बताए ।

अजरबैजानभित्र रहेको नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियालीहरूको कब्जा छ । सन १९९० को दशकमा भएको युद्धमा उक्त क्षेत्र अजरबैजानबाट चोइटिएको थियो तर यसलाई कसैले पनि स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर