२ जेष्ठ २०७८, आईतवार
गृह प्रहरीमा डीआईजीको दरबन्दी १९ र्पुयाउने तयारी
प्रहरीमा डीआईजीको दरबन्दी १९ र्पुयाउने तयारी

काठमाडौं । नेपाल प्रहरीमा डीआईजीको दरबन्दी १९ र्पुयाउने तयारी भएको छ । प्रशासनतर्फ ५ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी थप गरेर १९ जना र्पुयाउने तयारी गृह मन्त्रालयले थालेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलवार प्रहरी प्रधान कार्यालयमा गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीबीच डीआईजीको दरबन्दी थप गर्ने विषयमा छलफल भएको हो । ‘आईजी सा’प र सचिवज्यूबीच डीआईजी थप गर्ने विषयमा छलफल भएको छ,’ स्रोतले लोकान्तरसँग भने ।

गृह मन्त्रालयले डीआईजी दरबन्दी बढुवाको सिफारिस मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्ले पारित गरेपछि ५ वटा दरबन्दी थपिने भएका छन ।

यसअघि भने ३५ जना डीआईजीको दरबन्दीलाई घटाएर १४ वटामा सीमित गरिएको थियो । संगठनको स्वरूप बढ्दै जाँदा डीआईजीको दरबन्दी घटाएको भन्दै प्रहरीमा असन्तुष्टिका स्वरहरू सुनिएका थिए ।

हाल ७ वटा प्रदेशमा ७ जना, महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी एकेडेमी, साइबर अनुसन्धान ब्यूरो र प्रहरी प्रधान कार्यालयमा गरी प्रशासनतर्फ १४ जना डीआईजीको दरबन्दी छ भने प्राविधिकतर्फ १२ जना डीआईजीको दरबन्दी छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर