२ जेष्ठ २०७८, आईतवार
गृह सुसन सम्सोहाङ लिम्बुको उजेली बजारमा
सुसन सम्सोहाङ लिम्बुको उजेली बजारमा

काठमाडौं । चर्चित गायक सुसन सम्सोहाङ लिम्बुले नयाँ लोक तथा आधुनिकगतिको संगालो ‘उजेली’ बजारमा ल्याएका छन् । आफ्नै अफिसियल युट्युब मार्फल लिम्बुले उजेली कलेक्सन बजारमा ल्याएका हुन् ।

कलेक्सनमा ८ वटा आधुनिक तथा लोक भाकाहरु समावेश गरिएका छन् । नेपाली सांगितिक क्षेत्रका ५०० भन्दा बढि गीत गाइसकेका लिम्बुले बिभिन्न देशहरुमा स्टेज शो तथा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

अत्यन्दै ब्यबहारिक र आनन्दीत उनको गीतका शब्द र लयले दर्शक तथा श्रोताहरु मन्त्रमुग्ध नै हुन्छन् । यी हुन् उजेलीमा समावशे गरिएका ८ भाका :

१. आँखैमा राखुँ कि
शब्दरसंगीत : शम्भु राई
संगीत संयोजन : चन्दु गोर्खाली

२. बाटो हिँड्दा ठेस लागिदिन्छ
शब्द : बिरु लाम्छाने गुरुङ
संगीत/संयोजन : विकास चौधरी

३. गैरी गाउँको खेत बेची
शब्द : योगेश्वर उप्रेती ‘योगेश’
संगीत : विकास चौधरी
संगीतर/संयोजनः धिरज श्रेष्ठ

४. झापाको सुपारी नि लै लै
शब्द : उषा मलाह
संगीत/संयोजनः विकास चौधरी
सहगायनः उषा मलाह

५. बगी जाने खोला हो जीवन
शब्द : बिरु लाम्छाने गुरुङ
संगीत/संयोजनः विकास चौधरी

६. दिल मोहनी माया
शब्दः सविना केसी
संगीत/संयोजनः विकास चौधरी

७. टलपल हुन्छन् आँखाहरु
शब्दः लेखु सहयात्री
संगीतः चण्डीप्रसाद काफ्ले
संगीत/संयोजन : फणिन्द्र राई

८. फूलै फुल्यो दुई थुँगा लर्की
शब्द : बिरु लाम्छाने गुरुङ
संगीत : विकास चौधरी
संगीत/संयोजन : सन्तोष प्रगाढ
सहगायन / सुम्निमा इङ्नाम

Facebook Comments
+ posts

हरेक खबर खास खबर