२४ बैशाख २०७८, शुक्रबार
गृह नेपाल चीन सिमा विवाद देखिएको जुम्लाको लिमीमा शशस्त्र प्रहरीको बिओपी
नेपाल चीन सिमा विवाद देखिएको जुम्लाको लिमीमा शशस्त्र प्रहरीको बिओपी

काठमाडौं । नेपाल चीनबीच सीमा विवाद देखिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ को लिमीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

नाम्खा–६ मा पर्ने लिमी लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल उपरीक्षक डीएसपी मोहन विष्टले जानकारी दिए ।

हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ। हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ।

हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बल तैथान रेहेको बताइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर