२ जेष्ठ २०७८, आईतवार
गृह नेपाल चीनबारे मर्यादाविपरित बोलेपछि राजदूत विवादमा
नेपाल चीनबारे मर्यादाविपरित बोलेपछि राजदूत विवादमा

काठमाडौं । मर्यादाविपरीत नेपाल–भारत सम्बन्धबारे टिप्पणी गरेपछि चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे कूटनीतिक विवादमा तानिएका छन् ।

नेपाल सरकारको परराष्ट्रमन्त्री भइसकेका पाण्डेले चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा भारतबारे नकारात्मक टिप्पणी गेकाले विवादमा तानिएका हुन् ।

ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा राजदूत पाण्डेले भारत नेपालको सीमा मिच्न उद्धत रहेको भन्दै आलोचना गरेका थिए । उनले भारतीय सञ्चार माध्यमहरुले नेपाल र चीनबीचको सम्बन्धमा दरार पैदा गर्न गलत र झुटा समाचारहरु दिइरहेको समेत दाबी गरेका छन् ।

चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिएको अन्तर्वार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादाविपरीत भएको भन्दै कांग्रेस नेता गगन थापाले पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण गराएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर