२४ बैशाख २०७८, शुक्रबार
गृह निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा पुग्दै छौ, महानिरीक्षक थापा
निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा पुग्दै छौ, महानिरीक्षक थापा

काठमाडौं । नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैठेकमा निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताए ।

निर्मला पन्तको घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको जनउदैै उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताए ।

निर्मला पन्तको घटना आजसम्म पत्ता लाग्न नसकेकाले प्रहरीको बिश्वासमा नै धब्बा लागेको भन्दै उनले घटना पत्ता लगाउन नसके सधाका लागि धब्बा लाग्ने छ भन्नेमा आफु सचेत रहेको बताए ।

साथै उनले भने ‘‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौँ । तयो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ । “

“त्यो सफाइले अलिकति तत्कालिन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो । त्यसलाई छिट्टै टुंगोमा पु¥याउने गरी काम भइरहेको छ । निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजको गतिमा योगदान भन्ने की के भन्ने जुन गरेको थियो त्यो धब्बा थियो । उनले भने हामी चाडै दोसी पत्ता लगाउछौ ।

महानिरीक्षक थापाले पछिल्लो समय बालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढिरहेको बताए । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए ।

उनका अनुसार बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्धा दायर गरी अनुसन्धान भइरहेको छ । पहिलेको घटनालाई मिलापत्र गराउनेहरुलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर