२४ बैशाख २०७८, शुक्रबार
गृह ग्यास ‘लिक’ भएर आगो लाग्दा पाँच जना घाइते
ग्यास ‘लिक’ भएर आगो लाग्दा पाँच जना घाइते

काठमाडौँ । राजधानीको कागेश्वरी(मनहरा )नगरपालिका ९ काँडाघारीमा सिलिन्डरमा ग्यास ‘लिक’ भएर आगो लाग्दा पाँच जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत बानेश्वरका प्रमुख दक्षकुमार बस्नेतका अनुसार ग्यास लिक भएर सिलिन्डर बन्द गर्न खोज्दा एक्कासी आगो लागेको हो ।
घाइतेमध्ये चार जनालाई मदरल्यान्ड हस्पिटल र एक जनालाई कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ प्रहरीले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर