२ जेष्ठ २०७८, आईतवार
गृह अनसनरत गोविन्द केसीलाइ भेट्न अस्पताल पुगे बाबुराम
अनसनरत गोविन्द केसीलाइ भेट्न अस्पताल पुगे बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पुगि डा. भट्टराइले केसीको अनसनप्रति समर्थन जनाएका हुन् ।

उनले डा. केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बारेमा बुझेका थिए । जुम्लाबाट १९ औं अनसन शुरु गरेका डा. केसी अनसन बसेको १७ दिन बितिसक्दा पनि सरकारले माग पुरा गर्न र सम्वादका लागि कुनैपनि वातावरण तयार गरेको छैन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर