५ जेष्ठ २०७८, बुधबार
गृह धुलिखेल-काठमाडौँ विद्युतीय बस सञ्चालन
धुलिखेल-काठमाडौँ विद्युतीय बस सञ्चालन

काठमाडौं : बुधबारबाट काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ।

धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो।

नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए।

‘अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन्’, उनले भने।  प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनको भनाइ छ।

बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन। यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए। रासस

Facebook Comments
+ posts

हरेक खबर खास खबर