५ जेष्ठ २०७८, बुधबार
गृह कालोबजारी गर्ने २६ पसल कारबाहीमा
कालोबजारी गर्ने २६ पसल कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाहि गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवही गर्न सिफारिस गरेको हो ।

कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो ।

साथै, दाल चामल लगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यापारमा भएको कसुरको आधारमा कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई लेखित पत्र पठाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर