२६ बैशाख २०७८, आईतवार
गृह चारदिन सम्म बेपत्ता भएका वडाध्यक्ष भन्छन, विप्लव कार्यकर्ताले यातना दिएपछि दाङ झरेँ
चारदिन सम्म बेपत्ता भएका वडाध्यक्ष भन्छन, विप्लव कार्यकर्ताले यातना दिएपछि दाङ झरेँ

सल्यान । चारदिन सम्म बेपत्ता भएका वडाध्यक्ष भेटिए पछि भन्छन विप्लव कार्यकर्ताले यातना दिए पछि दाङ झरेँ । उनि हराएको चारदिनपछि दाङको तुलसीपुरमा फेला परेका सल्यानको शारदा नगरपालिका( १३का वडाध्यक्षले विप्लवका कार्यकर्ताको यातनामा परेको बताएका छन्। ।
बुधवार तुलसीपुरको एक मः म पसलमा फेला परेका वडाध्यक्ष तुलसीराम रावतले प्रहरी समक्ष विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिएको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । विप्लव कार्यकर्ताले चन्दा मागेर यातना दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने बयान गरेका छन ।

अरू जम्मैले चन्दा दिइसकेका र आफूले मात्रै नदिएको हुँदा विप्लवका कार्यकर्ताले आफुलाई सारै टर्चर दिएको उनको भनाइ रहेको छ ।
वडाध्यक्ष रावतले प्रहरीसमक्ष बुधवार मात्रै आफूले घोराहीस्थित एउटा पसल सञ्चालकलाई २५ हजार रूपैयाँ आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह गरेको बयान दिएका छन् ।

चारदिन पछि फेला परेका वडाध्यक्ष रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा आफै दाङको तुलसीपुर आइ लिएर गएको डिएसपी सिंहले जानकारी दिए । रावत गत शनिबार सल्यानको सितलपार्टीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए ।

दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए । परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए ।

उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो । घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए । अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो ।

मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो । प्रहरीले उनलाई आर्थिक कारोबार वा राजनीतिक कारणले विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर