२ जेष्ठ २०७८, आईतवार
गृह प्रधानमन्त्रीकाे गुनासाे: सञ्चार माध्यमलाई छुनै हुन्न, बुरुक्क उफ्रिहाल्छन्
प्रधानमन्त्रीकाे गुनासाे: सञ्चार माध्यमलाई छुनै हुन्न, बुरुक्क उफ्रिहाल्छन्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्र्मा ओलीले फेरी एकपटक सञ्चार माध्यमका सम्पादहहरुप्रति गुनासो गरेका छन् । मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सम्पादकहरुसंग गुनासो गरेका हुन् ।

ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए ।

सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको उनको टिप्पणी थियो ।

उनले भने, ‘यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’ ‘तपाईहरूले दिनरात गाली गर्दा सहनुपर्छ भनेर सिकाउने । मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ?’

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रवृत्ति एउटाको खुट्टा अर्कोले तान्ने पट्टी जान खोजेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् ।

कानूनको पालनामा सरकार पछि नहट्ने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर