२४ बैशाख २०७८, शुक्रबार
गृह बलात्कारीविरुद्ध कडाभन्दा कडा कानुन बनाउनै पर्छ : रविन्द्र मिश्र
बलात्कारीविरुद्ध कडाभन्दा कडा कानुन बनाउनै पर्छ : रविन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कारीविरुद्ध कडा कानुन बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एसिड आक्रमणकारीका विरूद्धजस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानुन बनाउनै आवश्यकता औंल्याएका हुन् । पछिल्लो समय देशमा बढ्दै गएका बलात्कारका घटना र बलात्कारका विषयमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै संयोजक मिश्रले यस्तो बताएका हुन् ।

मिश्रले हत्याराहरु बलात्कृतको र बलात्कारीहरु हत्या हुनेको पीडा महसुस गर्न नसक्ने भन्दै ती दुवै एकै भएको र कहाँ के बोल्ने भन्ने कुरा उनीहरुलाई थाहा नहुने बताए ।

मिश्रले लेखेका छन्,’हत्याराहरू बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न सक्दैनन्। दुबै एकै हुन्। त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा हुँदैन। एसिड आक्रमणकारीका विरूद्ध जस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानून बनाउनै पर्छ।’

 

 

Facebook Comments
+ posts

हरेक खबर खास खबर