२ जेष्ठ २०७८, आईतवार
गृह यी हुन् नक्कली इन्स्पेक्टर : जसले लोकसेवाको किर्ते परीक्षा लिएर २१ जना ठगे
यी हुन् नक्कली इन्स्पेक्टर : जसले लोकसेवाको किर्ते परीक्षा लिएर २१ जना ठगे

पर्सा । पर्साको वीरगन्जमा लोकसेवा आयोगको किर्ते परीक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी र निजामति सेवामा जागिर लगाइदिने प्रलोभन देखाएरसरकारी पदमा जागिर लगाइदिने भन्दै पर्सा, बारा र सर्लाहीका २१ जनालाई परीक्षा हलमा राखेर नक्कली लोकसेवाको परीक्षा लिँदै गरेको अवस्थामा मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

बुधबार वीरगन्ज १६ नगवास्थित देव पार्टी प्यालेसमा २१ जनालाई राखेर नक्कली लोकसेवा आयोगको परीक्षा लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नक्कली लोकसेवा आयोगको परीक्षा लिने मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजय कुमार राय र अन्य ६ जना रहेका छन् ।

उनीहरुसंगै परीक्षा हलबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै प्रश्नपत्र २६ थान र खरिदारको प्रवेशपत्र १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार रायले परीक्षार्थीहरुसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारि दिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर