२४ बैशाख २०७८, शुक्रबार
गृह आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण
आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ।

सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको हो।

उनले भने, ‘सामान्य केही लक्षण देखिएपछि होम आइसोलेसनमा बसेर टेष्ट गराएकोमा संक्रमणको पुष्टि भएको छ। अहिले त्यस्तो धेरै गाह्रो भएको छैन। हल्का ज्वरो भने देखिएको छ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर