२६ बैशाख २०७८, आईतवार
गृह दशैंको टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा
दशैंको टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित पघटस्थाना गर्दछन् । घटस्थापनाको साइत कात्तिक १ गतेक शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएा छन् ।

नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ ।

यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

विजयादशमीमा टीका लगाउने उत्म साईत भने बिहान १०ः१९ रहेको भएपनि विजयादशमीका दिन , दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ । बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर