७ माघ २०७८, शुक्रबार
गृह बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा
बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने बताएका छन् । अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै कार्यकालभित्र वृद्ध भत्ता बढाउने बताएका हुन् ।

नेकपाको घोषणापत्र अनुसार यसैकार्यकालभित्र ५ हजार पुर्याईने उनले बताएका हुन् । जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको भन्दै र यसलाई समयक्रममा बृद्धि गरिने ओलीले बताए ।


जेष्ठ नागरिकको सम्मान, सेवा र जिवनयापनको सम्बन्धमा अन्त्यन्तै चिन्तित रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रयासरत रहेको उनको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर