१२ माघ २०७८, बुधबार
गृह दाइ, भाइ र बुवाबाटै बलात्कृत हुन्छिन नारी, कसरि सुरक्षित महशुस गर्ने ?
दाइ, भाइ र बुवाबाटै बलात्कृत हुन्छिन नारी, कसरि सुरक्षित महशुस गर्ने ?

बिनिता जाेशी । बझाङमा १२ बर्षिय बालिकामाथि भएको नरसंहारबाट लज्जित छु । आफ्नै गाउँ समाजका दाजु भाइ तथा घर परिवारकै सदस्यबाट एक निर्दाेष नारीमाथी पटक पटक भइरहने यस्ता कैयौं घटनाहरुले कहाँ गएर नारी सुरक्षित हुन्छिन भन्ने प्रश्न उठ्छ । समाज जति विकसित हुदै गयो त्यति धेरै बलात्कार हत्या हिसाका घटना हरु तीब्र गतिमा बढिरहेका छन बालिका र युवती झन असुरक्षित हुँदै गयको देख्दा अचम्म लाग्छ ।

निर्मला घटना ले आतंकित तुल्याएको यो समाजमा अब घरबाट बाहिर निस्कन पनि कतै बलात्कार हुने होकि भन्ने डर त कतै अपहरण हुने होकि भन्ने डरैडरका बिचमा उनिहरुले बाच्नु परिरहेको छ,कतिपय चेलिहरुले त दाइजोको नाममा जिउँदै जलेर अकालमै मरण गर्नुपरेको छ।सरकारले निर्मला घटनाका दोषीलाई अहिलेसम्म समात्न सकेको छैन बलात्कारि समात्छौ भन्दै सरकारले सिधासोझा जनता लाई झुक्याएर भुलाइरहेको छ ।मुलुकमा सुरक्षा निकाय छ कानुन छ न्यायका लागि भनेर अदालत छन तर पनि बलात्कार का घटना हरु बढिरहेका छ्न ।


निर्मला घटनाका दोषी पता लगाउन केन्द्रमा पनि प्रदर्शन भए हत्यारा बलात्कारि लाई पता लगाउनुको सट्टा घटनाको अनुसन्धानमा सहभागी प्रहरी अधिकारी लाई निलम्बन गर्‍यो तर घटनाका मुख्य दोषीलाई बाहिर ल्याउने पक्षमा सरकार किन मौन छ? यो घटना राष्ट्रिय स्तरको विषय बनिसक्दा पनि सरकारले किन दोषीलाई ठहर गर्न सकेन?

नेपालमा ऐतिहासिक संविधान जारी भयो लामो समयको प्रतीक्षापछि आयको सबिधानलाइ हालसम्म्कै प्रगतिशील अर्थात बिश्वकै उत्कृष्ट सबिधान भनी बिश्वलेश्ण गरियो थुप्रै मौलिक हकहरुको ब्यवस्था गरियो तर अवस्थामा परिवर्तन आयन,आउन सकेको छैन आजको २१ औ शताब्दी सम्म आइपुग्दा पनि हाम्रो चेलिबेटीहरु चुलो चौउघेरो घाँस मेलापात गोठालो मै अस्तब्यस्त देखिन्छन धेरैजसो ले त अहिलेसम्म पनि स्कुल देख्न पायका छैनन् जुन हाम्रो भैगोलिक सामाजिक आर्थिक रुढीबादी का कारण हरु सामाजिक ब्यवहार मा जिउँदो छन् ।

महिला माथी बलात्कार हिसा दिनहु भइरहेका छन यो प्रवृत्ति ढुङ्गे युगको समाजदेखि अहिलेको नागरिक समाज सम्म आइपुग्दा पनि जस्ताको त्यस्तै कायम रहेको छ , नया संविधान जारी भएको पाँच बर्ष बित्न लागिसक्दा पनि हाम्रो सोचाइ परिवर्तन हुने गति कछुवा को जस्तै छ, कोरोना भाइरस अयखयष्म ज्ञढ का कारण पुरै पुरै बिश्व महामारी को चपेटामा परेका बेला क्वारेन्टाइन मा बस्दै आयकि महिला बलात्कृत भइन भन्ने समाचार आयको देश सायद पहिलो नेपाल नै होला?

रोगबाट बच्न आफ्नो स्वास्थ सुरक्षा का लागि क्वारेन्टाइन मा बस्दा त बलात्कार हिसा का घटना हरु बाहिर आय भने अरु ठाउमा महिलाहरु कसरी सुरक्षीत हुन सक्छन् ? स्वास्थ अनुशासन को पालना गर्दा त सुरक्षा छैन भने अरु ठाँउ मा कति सुरक्षीत होला? यस्ता घटना रोक्नका लागि सरकारले दरिलो नितिगत निर्णय गर्न सकेको देखिदैन नत राजनीतिक दल ,न त नागरिक समाज, न त सामाजिक कल्याण मा आवद्द सघ संस्था नै ।

आज देशमा हरेक समस्याको खोजी र समाधानका उपाय खोज्दा खोज्दै बलात्कारले आदा भु(भाग चुर्लुप्प डुबाइ सकेछ।खै त सरकारको यस प्रती ध्यान?कहिले सम्म महिला र बालिका यो पिडाको सिकार बन्ने?यो केशतर्फको बेवास्ताले यस्ता अमानविय र घिन लाग्दा घटनाले स्थान पाइसकेको छ।

एक पछि अर्को डर लाग्दा र लाज मर्दो तरिकाले यस्ता घटना घटिरहदा सरकारको ध्यान गम्भीरताका साथ जानू पर्ने हो।यी घटना हट्नु त परको कुरा कम हुने पनि छाटकाट छैन किन?दिन प्रती दिन यस्ता घटना हरु सहजै घटिरहदा ञञम छोरी भएर किन जन्मिएछु कुन जन्म को पाप हो?झझ भन्ने प्रश्न अधिकांस छोरिहरुमा उठिसकेको छ।बलात्कारबाट कतिले त अकलमा ज्यान गुमाउनु परेको छ त कतिले बाचेर पनि समाजमा दिन दिनै मरेर बाच्नु परेको छ ।

हरेक हिंसाका घटनाले महिलाहरुलाइ स्वतन्त्रताका साथ बाच्न पाउने अधिर्का बाट बन्चित नै छन।घर देखि सार्वजनिक स्थानसम्म महिलाहरुले आफुलाइ सुरक्षिट महसुस गरेर ढुक्क भएर हिडना पाएका छैनन।यो कहिले सम्म?निष्ठवान प्रेमी जिवानकै पहिलो पटक सम्बन्ध गासिएको सबै भन्दा बढी बिस्वास गरिने आफ्नै बाबा बाट पनि बलात्कार दाजु भाइ।घर बाट बाहिर निस्कियो बलात्कार जहाँ गयो जे गर्यो सुरक्षा छैन महिलालाइ यो चपेटामा महिलाहरु कहिले सम्म?

विभिन्न आश्वासनमा फसाएर इन्डियाको कोटिमा लगेर पशु सोसरह बेच्ने पनि महिलालाई,हरेक ठाउको हिंसा सहनु पर्ने पनि महिलाले अनि अझ ती निर्दयी पुरुशहरुको इज्जत राख्ने पनि महिलाले कहिले सम्म?२०७२ सालमा जारी भएको संविधान अनुसार भाग ३ को धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक पुरुषलाई मात्रै हो?त्यस्तै धारा २० को न्याय सम्बन्धी हक त्याह कोरियको मात्रै हो?

२०७५ सालको कहली लाग्दो घटना आलै छ १३ बर्षिया बालिका निर्मला पन्तको सामुहिक बलात्कार भै ज्यान गएको।सबुत प्रमाणहरु हुदा पनि न्याय खै?च्ष्नजत तय वगकतष्अभ कस्का लागि?त्यस्तै भाग ३ कै धारा ३८ को महिलाको हक लेखाइमै सिमित हो त?

धारा ३८ को उपधार ३ बमोजिमस्महिला बिरुद्ध धार्मिक,सामाजिक,सास्कृतिक,परम्परा,प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक,योनजन्य,मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन यदि यस्ता कार्य भएमा कानुन बमोजिमको दण्डनिय हुनेछ र पिडितलाइ कानुन बमोजिमको क्षतिपुर्ती पाउने हक हुनेछ र पिडकलाई हदैसम्मको कार्वाही हुनेछ।यो त हामिले पटक पटक पढेका हौ तर व्यबहारमा लागू भने कमै मात्रमा देखिन्छ। पढेर केही गर्छु भनेर शिक्षा लिन विद्यालय गएकी छोरी शिक्षक बाट बलात्कार हुन्छे ।

विरामी भै उपचार गर्न हस्पिटल गएकी छोरी डाक्टर बाट बलात्कार हुन्छे, मजदुरी गर्न गएकी छोरी साउ बाटै बलात्कार हुन्छे।घरमा सुरक्षीत हुन्छु कि भनेर सुरक्षाको आड लिदा आफ्नै बाबा दाइ भाज बाट बलात्कार हुन्छे अनि महिलाले सुरक्षा कहाँ भनेर सोच्ने?एउटि छोरी बलकृत हुन्छे अनि कतै बाट न्याय पाउदिन उस्लाइ माया र प्रेरणाको सट्टा गाली बेइजती र तिरस्कार गरिन्छ घर परिवार र समाजबाट अनि उस्ले भने अनुसार बाच्न पाउछे त?विकल्प केही नभए पछि आत्माहत्या गर्न बाध्य हुन्छे।हो यस्ता अकालमा तड्पी तड्पी ज्यान गुमिरहने प्रकृया रोक्नु पर्छ।

अस्मिता लुटियो भन्ने र बिहे हुदैन भन्ने प्रवृत्ति कहिले हट्छ?समाजमा आदर्शवादी कुरा गर्ने र एउटि पीडित नारिलाइ आफ्नो बुहारी बनाउनु भन्दा अगाडि हजारौं पटक सोच्ने र रोकिने ब्यक्ति हरुको पनि कमि छैन नै।एउटि नारिलाइ उस्ले नै बलात्कार गरेर जिन्दगी चित्थल वित्थल पारेको हुन्छ र त्यसैले बिबाहको लागि केति हेर्दा पहिलो प्रश्न गर्छ केटि भर्जिन हो कि होइन?

भनेर हो यी र यस्तै लाचर निर्दयीको बाँस नेपालमा भएर जहिले सुकै कुरितिको विकाश भएको छ। र अहिले तत्काल घटेको घटना कैलालीको एक क्वारेन्टाइनमा बसेकी ३१ बर्षिया महिला ३ जना स्वयंसेवकको बलात्कार को सिकार भएको कुरा जता ततै छ।

एक जनाले भिडियो खिच्ने अर्कोले बलात्कार गर्ने र फेरि खिच्नेवालाले भाइरल गराइदिन्छु भन्दै बलात्कार गन्र्ने।यस्तो घिन लाग्दो र डर लाग्दो घटनाले अधिकान्स असुरक्षाक्क महसुस त हुन्छ नै त्यसमा मानसिक सन्तुलनमा पनि असर पर्ने खतरा पनि बढी भैरहेको छ।नेपालको संविधानमा फासिको सजायको ब्यबस्था त छैन जस्ता सुकै अपराधिलाइ पनि सायद यहि व्यवस्था नभएकै कारण होला यस्ता घटनाले पुर्ण स्थान पाएको छ।

यस्ता लाचर र निर्दयी घटनाहरूको बिषयमा छिटोभन्दा छिटो छनबिन गरि अपराधीलाई कानुनि दायरामा ल्याइ कडा भन्दा कडा सजाय दिइयोस।यश बिषयमा सरकारको गहिरो ध्यानाकर्षण होस।हैन भने यिनै पिडितका प्रश्नले महोत्सवमा शिर झुक्ने छ।सानालाई ऐन र ठुलाबढालाइ चयन वाक्य व्यबहारमा पटक पटक लागू नहोस।पिडितलाई न्यायको ढोका घच्घचाउ र अपराधिलाइ सामजिक बहिस्कार गरौ।

Facebook Comments

हरेक खबर खास खबर