८ माघ २०७८, शनिबार
गृह दाङको भालुवाङलाइ प्रदेश ५ को राजधानी बनाउने निर्णय
दाङको भालुवाङलाइ प्रदेश ५ को राजधानी बनाउने निर्णय

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।


राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को स्थाी राजधानी र नामाकरण तोक्नमा सकस भएको थियो । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने प्रदेश ५ को प्रदेशसभमै मतभेद देखिएको थियो ।

नेकपा प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए । पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालयसमेत दाङमै खोलिएको थियो ।

तर, पूर्वएमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए ।

Facebook Comments

हरेक खबर खास खबर