७ माघ २०७८, शुक्रबार
गृह यतीको १२ वर्षपछि सिमरा उडान
यतीको १२ वर्षपछि सिमरा उडान

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।


सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९ः०० बजे र साँझ ४ः४५ बजे काठमाडाँैदेखि उडान भर्दैछ ।

Facebook Comments

हरेक खबर खास खबर