१२ माघ २०७८, बुधबार
गृह पर्यटक बसको टिकट अनलाइनबाट पनि बुकिङ गर्न सकिने
पर्यटक बसको टिकट अनलाइनबाट पनि बुकिङ गर्न सकिने

काठमाडौं । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो ।

पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवानअन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ ।


पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ शुरु गरेको टिवानका अध्यक्ष शर्माले बताए ।

हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनालले बताए ।

Facebook Comments

हरेक खबर खास खबर