१२ माघ २०७८, बुधबार
गृह डोनाल्ड ट्रम्प दम्पतीलाइ कोरोना संत्रमण पुष्टि
डोनाल्ड ट्रम्प दम्पतीलाइ कोरोना संत्रमण पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विट गरेर श्रीमति मेलानिया र आफ्नो परीक्षणबाट कोरोनाभाइरस पोजिटिभ नतिजा आएको उल्लेख गरेका हुन् ।

ट्रम्पले आफूहरू क्वारेन्टिनमा बस्ने र स्वास्थ्य लाभ गर्ने तयारीमा रहेको पनि बताए । उनले आफूहरु छिटै निको हुने विश्वास व्यक्त गरेका छन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो ।


चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए । अहिले हिक्सलाई कोरोनाका लक्षणहरू पनि देखिएको बीबीसीले जनाएको छ ।

विभिन्न सार्वजनिक स्थलमा मास्क नलगाएको तथा सामाजिक दूरी पालना नगरेको भनी राष्ट्रपति ट्रम्पको आलोचना हुने गरेको थियो ।

राष्ट्रपति ट्रम्पले कोरानोभाइरससँग खेँलाइची गरेको तथा मानव स्वास्थ्यलाई कम प्राथमिकता दिएर व्यवसाय चलायमान बनाउने कुरालाई बढी प्राथमिकता दिने नीति लिएको भनी आलोचित भएका हुन् ।

Facebook Comments

हरेक खबर खास खबर