१२ माघ २०७८, बुधबार
गृह दाङमा राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रर्दशन
दाङमा राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रर्दशन

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्ताव लगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ ।

बुटवलबाट स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन भएको हो । बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क, ट्राफिक चोकलगायत स्थानमा स्थानीय बासिन्दाले टायर बालेर प्रदर्शन गरेका छन् ।


अन्दोलनका क्रममा बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ । सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे चढेको लु १ झ ४४५ नं को गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी तथा लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ।

आन्दोलनले उग्र रुप लिने स्थिति उत्पन्न भएपछि अहिले बुटवलमा सुरक्षा अवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन शुरु गरेको हो ।

Facebook Comments

हरेक खबर खास खबर