७ माघ २०७८, शुक्रबार
गृह त्रिशुलीमा ट्रक खस्यो, तीनजना घाइते
त्रिशुलीमा ट्रक खस्यो, तीनजना घाइते

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि छुटेको ट्रक त्रीशुली नदीमा खसेको छ । ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट बिहान साढे ४ बजेतिर त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परि तन जना घाइते भएका छन् ।

ट्रक भौरहवाबाट सिमेनट लिएर काठमाडौं आइरहेको थियो । घाइते हुनेमा ट्रक चालक धादिङ गल्छी गाउँपालिका-७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।


Facebook Comments

हरेक खबर खास खबर