१२ माघ २०७८, बुधबार
गृह भारतः सामुहिक बलात्कारपछि मारिएकी दलित युवतीको घटना प्रहरीले दवाइरहेको आरोप
भारतः सामुहिक बलात्कारपछि मारिएकी दलित युवतीको घटना प्रहरीले दवाइरहेको आरोप

बलरामपुर । शुक्रबार भारतभरी गान्धी जयंती मनाइयो । हाथरसमा बलात्कार पछि मारिएकी दलित युवतीलाइ न्यायको खोजी भइरहेको थियो । अर्कोतर्फ हाथरसबाट करिब ५ सय किलोमिटर टाढा बलरामपुरमा बर्बरतापूर्वक मारिएकी दलित युवतीका परिवारका सदस्यहरूले केही छोरी र पुलिसका अधिकारीबाट न्यायको माग गरिरहेका थिए ।

बलरामपुर जिल्ला सदरमुकामदेखि मढौली गाउँको दूरी ५० किलोमिटर छ । २ सेप्टेम्बरको साँझ एक २२ वर्षीय दलित समुदायको विद्यार्थीलाई सामूहिक बलात्कारको आरोपमा निर्मम कुटपिट गरियो र अस्पताल पुग्नु अघि नै उनको मृत्यु भयो ।


मृतक युवतीका भाईको गुनासोमा त्यहाँको प्रहरीले सोही दिन दुईजनालाई पक्राउ गरेको थियो र थप दुईजनालाई शुक्रबार पक्राउ गरेको थियो ।

यसैबीच, युवतीका परिवारले प्रहरीले जानीजानी केसलाइ दबाउन चहेको पिडीत परिवारले आरोप लगाएको छ । प्रशासनले मृतक युवतीलाइ ३० सेप्टेम्बर साँझ ९ बजे दाहसंस्कार गर्न बाध्य पारेको समेत परिवारको गुनासो छ ।
श्रोतः बीबीसी

Facebook Comments

हरेक खबर खास खबर