१२ माघ २०७८, बुधबार
गृह ‘जनगनणा २०७८ मा थुलुङ समुदायको सरोकार तथा भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम हुँदै
‘जनगनणा २०७८ मा थुलुङ समुदायको सरोकार तथा भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं ।
थुलुङ (राई) सामा केन्द्रिय सरोकार समितिले किरात थुलुङ (राई)हरुको पहिचान, संस्कृति, र भाषाको उन्नयन, प्रवद्र्धन र विकाशका लागि ‘दोदीखाम् बहस शृङ्खला’ सुरु गर्ने भएको छ। सरोकार समितिले पहिलो शृङ्खला आउँदो शनिबार (असोज १७ गते) ‘जनगनणा २०७८ मा थुलुङ समुदायको सरोकार तथा भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो । समितिका महासचिव धनबल राईले त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक जैलब राई र केन्द्रिय तथ्याङ्ग विभागका शाखा अधिकृत अनुपा राईले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम भएको जानकारी दिनुभयो ।
त्यस्तै, कार्यक्रममा टिप्पणीकर्ताको रुपमा कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार गणेश राई, लुम्बिनी विकाश कोषका अधिकृत डा. हरिध्वज राई, थुलुङ संकृतिका अभियन्ता चन्द्रकला राई, र थुलुङ (राई) सामाका पुर्व(कोषाध्यक्ष तथा समाजसेवी सुमन राईको उपस्थिती रहने बताइएको छ । समितिले गुगल मिटमार्फत गर्ने कार्यक्रममा सहभागी हुन विश्वभरका थुलुङ राई तथा गैर थुलुङ राईलाई एक प्रेस विज्ञप्तीमार्फत आव्हानसमेत गरेको छ। साथै अन्य शृङ्खलाहरु फरक(फरक विषयमा गर्ने जनाइएको छ। कार्यक्रममा सहजकर्ताको भूमिका संचारकर्मीद्वय मदन राई र धनबल राईले गर्ने भएका छन् ।

Facebook Comments