१२ माघ २०७८, बुधबार
गृह प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि
प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको हो । अझै केही रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।


शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

Facebook Comments

हरेक खबर खास खबर