१२ माघ २०७८, बुधबार
गृह सरकारको ध्यान चुनाव हारेकालाइ ब्यबस्थापन गर्नमा केन्द्रीत : बाबुराम भट्टराइ
सरकारको ध्यान चुनाव हारेकालाइ ब्यबस्थापन गर्नमा केन्द्रीत : बाबुराम भट्टराइ

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रीत भएको बताएका छन् । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान भन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत भएको उनले अरोप लगाए ।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए ।


जनता समाजवादी पार्टीका नेता समेत रहेको पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रीत रहेको बताए । महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको भन्दै उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् । उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए ।

सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफु लज्जित रहेको समेत भट्टराईले बताए ।

Facebook Comments

हरेक खबर खास खबर