७ माघ २०७८, शुक्रबार
गृह डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था जटील बन्दै, अक्सिजन दिएर उपचार थालियो
डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था जटील बन्दै, अक्सिजन दिएर उपचार थालियो

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थयमा थप समस्या देखिएको छ । केसीलाई आइतबारबाट सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

एक्कासि छाती दुख्ने भएपछि केसीलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको केसीका सहयोगी तोसीमा कार्कीले जानकारी दिए । डा. केसीले अन्य औषधि लिन मानेका छैनन् ।


उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ । डा.केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन ।

Facebook Comments

हरेक खबर खास खबर