७ माघ २०७८, शुक्रबार
गृह अनलाइन कक्षा लिइरहँदा विद्यार्थीमाथि चितुवाको आक्रमण
अनलाइन कक्षा लिइरहँदा विद्यार्थीमाथि चितुवाको आक्रमण

भारतको गुजरातमा अनलाइन कक्षा लिइरहँदा एकजना विद्यार्थीमाथि चितुवाले आक्रमण गरेको छ । खुल्ला स्थानमा साथीहरुसँग अनलाइन कक्षा लिइरहेका ती विद्यार्थीलाई चितुवाले आक्रमण गरेको हो ।

तडी जिल्लाको खपाटिया गाउँमा १९ वर्षीय विद्यार्थीमाथि आक्रमण भएको हो । बुधबार भएको घटनामा ती विद्यार्थी साथीहरुसँग इन्टरनेटको पहुँच भएको स्थानमा पुगेका थिए । अनलाइन कक्षा लिइरहेका गोविन्द गमित हरेक दिन अनलाइन कक्षाका लागि पुग्थे ।


गोविन्द आफ्ना साथी भविन गमितसँग अनलाइन कक्षा लिइरहँदा चितुवाले हातमा समातेर खुट्टामा समेत दाँत गाडिसकेको थियो । त्यसपछि भविन तत्काल गाउँलेलाई गुहार्न पुगे ।

गाउँले आएपछि चितुवा भागेर नजिकैको झाडीमा पुगेको थियो । यो खबर इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ । एजेनसी

Facebook Comments

हरेक खबर खास खबर