८ माघ २०७८, शनिबार
गृह मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री ‘आउट’
मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री ‘आउट’

काठमाडौं । चर्चित टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी’ क्लबबाट दीपाश्री निरौला आउट भएकी छन् । कलाकार जितु नेपाल ‘मुन्द्रे’ले सञ्चालन गर्ने चर्चित कमेडी टिभी कार्यक्रमबाट निरोला हटाइएकी हुन् ।

केही समयअघि दीपाले राजेश हमाल महानायक होइनन् भनेर दिएको अभिव्यक्ति दिएर विवादमा तानिएकी थिइन् । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनपछि बन्द भएको मुन्द्रेको कमेडी क्लब पुनस् सुरु हुने भएको हो ।


दीपाश्री हटाइएसंगै निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर अध्यक्ष बनेकी छिन् । कार्यक्रमको सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुने छ ।

Facebook Comments

हरेक खबर खास खबर