१२ माघ २०७८, बुधबार
गृह नेपाल कानून ब्यवसायी परिषद् ऐन २०५० को संसोधन सम्बन्धि छलफल
नेपाल कानून ब्यवसायी परिषद् ऐन २०५० को संसोधन सम्बन्धि छलफल

काठमाडौं । २७ वर्ष पछि हुन लागेको नेपाल कानून ब्यवसायी परिषद् ऐन २०५० को संसोधन सम्बन्धि कर्णाली प्रदेश स्तरीय छलफल भएको छ । शनिबार भर्चुअल बिधीबाट कार्यक्रम भएको हो ।

करिव ३० जनाको सहभागिता रहेको कार्यक्रममा वर्तमान नेपाल कानून ब्यवसायी परिषद् ऐन २०५० मा रहेका समस्याहरु माथि छलफल गर्दै प्रस्तावित मस्यौंदामा सहभागीहरुले आ आफ्नो सुझाव दिएका थिए ।


कर्णाली प्रदेशका नेपाल बार काउन्सील पार्सद रामबाबु विसिको अग्रसरतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पार्सद रामबाबु विसि स्वयंले गर्नुभएको थियो भने प्राविधिक ब्यवस्थापन तथा सहजिकरण परशुराम नगरपालिकाका कानूनी सल्लाहकार डडेल्धुरा बार इकाइका सदस्य अधिवक्ता गोविन्दराज जोशीले गरेका थिए ।

छलफल कार्यक्रम नेपाल बारका संस्थापक उपाध्यक्ष बरिष्ट अधिवक्ता श्री भुषणकुमार मानन्धर ज्यूको अध्यक्षता र नेपाल बार एसोसिएनका अध्यक्ष नेपाल बार काउन्सीलका उपाध्यक्ष वरिष्ट अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौड्याल, प्रदेश नं ५ का नेपाल बार काउन्सीलका पार्सद श्री बाबुराम पाण्डेय सुदूरपश्चिम प्रदेशका पार्सद श्री प्रकास बहादुर पाण्डेय, कर्णाली प्रदेशका कानून ब्यवसायीहरु, कानून सँग सम्बन्धीत सो क्षेत्रका वर्तामान एवं पूर्व पदाधिकारी एवं महानुभावहरुको सहभागीता रहेको अधिवक्ता गोविन्दराज जोशीले बताए ।

Facebook Comments

हरेक खबर खास खबर