१२ माघ २०७८, बुधबार
गृह प्रदेश ५ का मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार
प्रदेश ५ का मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार

रुपन्देही । प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ । आइतबार काठमाडौंबाट बुटवल जाँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार गर्ने ६ जनालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।


मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ । मुख्यमन्त्री पोखरेललाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए ।

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले आइतबार जिल्ला बन्द आह्वान गरेको थियो । बन्द आह्वानको बेला कडा सुरक्षाबीच मुख्यमन्त्री बुटवल आउँदै थिए । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर