८ माघ २०७८, शनिबार
गृह दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली
दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली

काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । विश्वव्यापी कोरोना कहरकैबीच नेपाली शान्ति सैनिकको पहिलो डफ्फा आज बिहान मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

नियमित प्रक्रिया अनुसार ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा शान्ति स्थापनार्थ सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । दक्षिण सुडानमा कार्यकाल सकिएका शान्ति सैनिक भोली नेपाल आइपुग्नेछ ।


कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर