१२ माघ २०७८, बुधबार
गृह गोविन्द केसीका माग पूरा नभए सम्भावित दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः विश्वप्रकाश
गोविन्द केसीका माग पूरा नभए सम्भावित दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः विश्वप्रकाश

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रबाश शर्माले अनसनरत डा. गोविन्द केसीका माग पूरा नभए त्यसबाफत उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै बिगत २२ दिनदेखि अनसनरत डा. केसीका माग सम्बोधन हुन नसकेकाले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।


प्रवक्ता शर्माले डा. केसीले उठाएका माग समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै ढिलाइ भएर भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

उनले अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका माग सुनुवाई गर्न ढिलाइ गरिरहेको टिप्पणी समेत गरे । कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्टाउँदा अहिले डा। केसी अनशन बस्नुपर्ने अवस्था आएको प्रवक्ता शर्माको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर