७ माघ २०७८, शुक्रबार
गृह प्रदेश ५ : कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड (भिडियो सहित)
प्रदेश ५ : कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड (भिडियो सहित)

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकमा विपक्षि दल नेपाली काँग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका छन् । प्रदेश ५ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद पनि बैठक अघि बढाइएपछि कांग्रेस आक्रोशित भएपछि उनीहरुले कुर्सी तोडफोड गरेका हुन् ।

उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी र टेबुल तोडफोड गरेका हुन्। सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन्।


कांग्रेसका सांसदहरूको नाराबाजीपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न र बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर कांग्रेसका सांसदहरूले विरोध गर्न छोडेनन् ।

विरोध भएपनि सत्तापक्षले जसरी पनि राजधानीको प्रस्ताव पास गराउने रणनीतिमा संसद् अघि बढेको थियो। यसपछि आक्रोशित सांसदहरूले कुर्सी तोडफोड गरेका हुन्। प्रदेश सभाको अर्को बैठक मंगलबार मध्यान्ह १२ बजे बस्नेछ ।

गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी भालुवाङ बनाउने प्रस्ताव गरेका थिए। त्यहीँ प्रस्तावलाई सभामुख घर्तीले निर्णयार्थ प्रदेशसभामा टेबुल गर्ने कार्यसूची छ ।

भालुवाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि बुटवल क्षेत्रका स्थानीयले विरोध गरेका थिए भने दाङ क्षेत्रका स्थानीयले स्वागत गरेका थिए। प्रतिपक्षि काँग्रेसले भने प्रदेश राजधानी बुटवलमै उपयुक्त भएको भन्दै विरोध जनाउँदै आएको छ ।

Facebook Comments

हरेक खबर खास खबर