१२ माघ २०७८, बुधबार
गृह विराटनगरमा थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु 
विराटनगरमा थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु 

विराटनगर । विराटनगर स्थित नोवेल शिक्ष्ण अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ५० र ४५ बर्षिय २ पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो।


स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ ।

मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताए ।

यस्तै मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको  दाहालले जानकारी बताए । उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए ।

Facebook Comments

हरेक खबर खास खबर