७ माघ २०७८, शुक्रबार
गृह कुर्सि फुटाउने सांसदहरुलाइ कारबाहि गर्न काँग्रेसको निर्देशन
कुर्सि फुटाउने सांसदहरुलाइ कारबाहि गर्न काँग्रेसको निर्देशन

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।

संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।


कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न सभापति देउवाले निर्देशन दिएका छन् । रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पु¥‍याइनु कांग्रेसको नीति विपरीत भएको काँग्रेसले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर