७ माघ २०७८, शुक्रबार
गृह सरकारलाइ बाबुरामको प्रश्नः डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा वार्ताको पहलसम्म नगरी बस्न मिल्छ?
सरकारलाइ बाबुरामको प्रश्नः डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा वार्ताको पहलसम्म नगरी बस्न मिल्छ?

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा. वावूराम भट्टराइले सरकारप्रति आक्रोश पोखेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत २३ दिनदेखि अनसनमा बसेका डा. गोविद्य केसीकाे स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि वार्ताको लागि कुनै पहल नभएपछि भट्टराइले आक्रोश ब्यक्त गरेका हुन् ।


उनले लेखेका छन्, २३दिनदेखि अनसनरत डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ?यो criminal negligence हैन?तुरून्त वार्ता गर!समाधान खोज!डा.केसी बाँच्नुपर्छ।मूर्खदेखि दैव डरा भनिन्छ!कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ!सबै चेतौं!

 

Facebook Comments

हरेक खबर खास खबर