१२ माघ २०७८, बुधबार
गृह अमेरिककि राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज
अमेरिककि राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाबाट संक्रमित उनी स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा सुधार आएपछि तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । अब थप उपचार ह्वाईट हाउसमै हुने जनाएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको चिकित्सकहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।


अस्पतालबाट डिस्चार्ज भए लगत्तै उनले ट्विट गर्दै अहिले आफुले निकै आराम महशुस गरिरहको र यसबाट धेरै नडराउन पनि सुझाब दिएका छन् । ट्रम्पले छिट्टै नै चुनावी अभियानमा सामेल हुने दाबी गरेका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग प्रतिस्पर्धा गर्दै छन् ।

Facebook Comments

हरेक खबर खास खबर