७ माघ २०७८, शुक्रबार
गृह डा. केसीलाई जोगाऊ : नेपाल बार
डा. केसीलाई जोगाऊ : नेपाल बार

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति सबै किसिमका उपायहरु अवलम्बन गर्न नेपाल बार एसोसिएसनले सरकारसँग माग गरेको छ ।

बारको मानव अधिकार तथा जनसरोकार समितिले मंगलबार एक विज्ञप्ति जारी गरी ‘नागरिकको जीवन रक्षा राज्यको परम कर्तव्य हुने’ भन्दै डा। केसीको जीवन रक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग माग गरेको हो ।


२३ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै बारले उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदासमेत मागहरु सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संयोजक सुनिल पोखरेलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आधारभूत शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले केसीसँग विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न पनि बारको मानव अधिकार समितिले ध्यानाकर्षण गराएको छ ।

Facebook Comments

हरेक खबर खास खबर