१२ माघ २०७८, बुधबार
गृह अति भयो, संघीयता खारेज गरौं: कमल थापा
अति भयो, संघीयता खारेज गरौं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघियता खारेज गर्नुपर्ने बताएका छन् ।

पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा सोमबार मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवश्यक नभएको प्रमाणित गरेको उनको दावी छ ।


थापाले प्रदेश ५ सभामा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।

उनले लेखेका छन्, ‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।

‘यो घटनाको कारण मात्र होइन,संघीयताको ५ बर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’

Facebook Comments

हरेक खबर खास खबर