७ माघ २०७८, शुक्रबार
गृह प्रदेश ५ राजधानी विवादः दाङको विपक्षमा मतदान गर्न काँग्रेसद्धारा ह्वीप जारी
प्रदेश ५ राजधानी विवादः दाङको विपक्षमा मतदान गर्न काँग्रेसद्धारा ह्वीप जारी

बुटवल । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस सांसदलाई ह्विप जारी गरेको छ । मंगबलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेस नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।


प्रदेशसभामा सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव आज मतदानबाट टुङ्गो लगाउने तयारी भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर