७ माघ २०७८, शुक्रबार
गृह महामारीले धमाधम कुखुरा मर्न थाले, किसान चिन्तित
महामारीले धमाधम कुखुरा मर्न थाले, किसान चिन्तित

चितवन । महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् ।

मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको जनाइएको छ मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाँईले जानकारी दिए ।


त्यसैगरी काठमाडौँमा परीक्षण गर्दा एच नाइन भाइरस देखिएकाले मरेका कुखुरालाई व्यवस्थापन गर्ने काम मात्रै भएको उहाँले जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर