१२ माघ २०७८, बुधबार
गृह कांग्रेस सांसद चौधरीले भनेः पार्टीको ह्विप मान्दैनौं
कांग्रेस सांसद चौधरीले भनेः पार्टीको ह्विप मान्दैनौं

बुटवल ।  प्रमुख बिपक्षि दल नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश ५ सांसद डिल्लीबहादुर चौधरीले आफुले पार्टीको ह्विप नमान्ने बताएका छन् । दाङबाट निर्वाचित सांसद चौधरीले राजधानीको सवालमा पार्टीले ह्विप जारी गरे पनि आफूले नमान्ने स्पष्ट पारेका हुन् ।

दाङको भालुवाङलाई राजधानी बनाउने सवालमा पार्टीको ह्विप नमान्दा पार्टीबाट हुने जस्तो सुकै कारबाही भोग्न आफु तयार रहेको बताए । मंगलबार बिहान नेपाली काग्रेसले दाङकोे बिपक्षमा अर्थात बुटवलको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । दाङको देउखुरी क्षेत्र हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त स्थान रहेको चौधरीको भनाइ छ ।


कांग्रेस दाङबाट निर्वाचित एक्ला सांसद चौधरीले नजायज कुरामा यदि पार्टीले ह्विप जारी गरे पनि त्यो क्रस गर्ने जानकारी दिए ।
प्रदेश सांसद चौधरीले आफुसहित पश्चिम क्षेत्रका कांग्रेसका ६ जना सबै सांसदले दाङको पक्षमा मतदान गर्ने जानकारी दिए । काग्रेसले बुटवल नै प्रदेश ५ को स्थायी राजधानी हुनु पर्ने भन्दै बिरोध गर्दै आएको छ । सोमबारको प्रदेश सभा बैठकमा काग्रेसका सांसदहरुले कुर्सी तोडफोड गर्दै विरोध जनाएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर