७ माघ २०७८, शुक्रबार
गृह त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक चलाउनेमाथि रड प्रहार
त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक चलाउनेमाथि रड प्रहार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक उप प्राध्यापक माथि रड प्रहार भएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो ।

विभागका एक उपप्रध्यापकका अुसार विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट विभागतर्फ गइरहेका उप प्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले बाटैमा रोकी आक्रमण गरेको हो ।


आक्रमणबाट गम्भीर घाइते भएका उप प्राध्यापक चलाउनेको अहिले मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको दाइने खुट्टा भाँचिएको र देब्रे खुट्टा र टाउकोमा गम्भीर चोट लागेको विभागका उपप्रध्यापकले जानकारी दिए ।

‘तर्साउने हिसाबले भन्दा पनि ज्यानै लाने हिसाबले आक्रमण भएको देखिन्छ’, ‘उहाँको अवस्था गम्भीर नै छ, अहिले उपचार भइरहेको ति उप प्रध्यापकले जनाएका छन ।

विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर डेढ महिनादेखि विभागको कार्यालयमा तालाबन्दी गरेका नेविसंघका कार्यकर्ताले यसअघि पनि उनलाई धम्क्याउँदै आएको बताइएको छ ।

उनका अनुसार नेविसंघका कार्यकर्ताले आफ्नो पक्षका टीका गौतम विभागी प्रमुख हुनुपर्ने भन्दै आन्दलोलन गर्दै आइरहेका थिए । अहिले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा प्रध्यापक युवराज लुइँटेल छन् । महानगरीय प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंहले आक्रमणको जानकारी प्रहरीमा आएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर