७ माघ २०७८, शुक्रबार
गृह प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत

रुपन्देही । प्रदेश नं ५ को सथायी राजधानी दाङको भालुवाङ राख्ने प्स्ताव बहुमतले पारीत भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो ।

१३ मत भने विपक्षमा खसेको थियो । कुल ८७ सांसदमध्ये मंगलबारको बैठकमा ८२ सांसदमात्रै उपस्थित थिए । राजधानी दाङ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत भएको हो ।


प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका ६ सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मत खसालेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर