१२ माघ २०७८, बुधबार
गृह प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत
प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत

रुपन्देही । प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुइ तिहाइ बहुमते पारीत भएको छ । मंगलबारको प्रदेशसभाको बैठकमा लुम्बिनीको महत्वलाइ ह्दयांगम गर्दै साझा चिनारीको प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गरियोस् भन्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत भएको हो ।

मतदानमा सहभागी ८३ जना सदस्यहरुमध्ये ७९ जनाले लुम्बिनि र अन्य ४ जनाले हुन्दै मतदान गरेका थिए ।


यसअघि प्रदेश नं ५ को सथायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव बहुमतले पारीत भएको छ ।

मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो । १३ मत भने विपक्षमा खसेको थियो ।

कुल ८७ सांसदमध्ये मंगलबारको बैठकमा ८२ सांसदमात्रै उपस्थित थिए । राजधानी दाङ राख्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारीत भएको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका ६ सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मत खसालेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर