१२ माघ २०७८, बुधबार
गृह नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने
नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्रकिो सरकारि निवास बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन तथा संवैधानिक निकायहरूमा नियुक्तिबारे छलफल हुने बताइएको छ ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको निर्णयका आधारमा असोज ४ गते बसेको नेकपा सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।


सरकारले पार्टीमा सल्लाह नगरी राजदूत तथा राजनीतिक नियुक्ति गरेको बारेमा केही सदस्यले बैठकमा कुरा उठाउने तयारी गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर