१२ माघ २०७८, बुधबार
गृह राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई
राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हाल्नु भएकामा शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा हार्दिक बधाई ज्ञापन गरेकि छिन ।

कुवेती अमीरलाई आज एक बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकि छिन ।


राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गर्नुभएको छ ।

नेपाल र कुवेतबीच सन १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । रासस

Facebook Comments

हरेक खबर खास खबर